इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट « Khabarhub

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक भवनमा शनिबार विस्फोट भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी टेलिभिजनले शहरको मोआलेम बुलेभार्डमा रहेको आठ तले भवनमा विस्फोट भएको र विस्फोटबाट दुई तलामा व्यापक क्षति पुगेको बताइएको छ । विस्फोटका कारण केही सवारी साधन र पसलहरूमा क्षति भएको जनाइएको छ । उद्धारका लागि र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएले होर्मोज्गान प्रान्तका सङ्कट व्यवस्थापन महानिर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । “घटनामा परी घाइते भएका व्यक्तिहरूलाई आकस्मिक उद्धार सेवाका अधिकारीहरूले अस्पताल पुर्याइरहेका छन्,” उनले भने ।

सरकारी टेलिभिजनले प्रसारण गरेका तस्वीरहरूमा भवनको अग्रभागमा बढी क्षति भएको देखाइएको छ, यसको भित्री भागहरू बाहिरबाट नै देख्न सक्नेगरी भत्किएका छन् र चारैतिर भग्नावशेष छरिएको छ।

अन्य इरानी मिडियाले पनि यस्तै रिपोर्टहरू प्रकाशित गरेका छन् तर कसैले पनि विस्फोटको कारणको बारेमा विस्तृत विवरण प्रदान गरेका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक वक्तव्यपछि उक्त क्षेत्रमा एउटा अमेरिकीे विमानवाहक समूह तैनाथ गरेको समयमा भएको यो विस्फोटले इरानलाई झस्काएको छ।

“आक्रमणबारे विभिन्न अफवाहहरू अनलाइनमा फैलिएपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)ले प्रान्तमा आफ्नो नौसेना बलको कुनै पनि भवनलाई निशाना बनाइएको अस्वीकार गरेको छ,” फार्स समाचार एजेन्सीले प्रसारण गरेको एक विज्ञप्तिमा भनिएको छ।

दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा अहवाज शहरको कियानसहर क्षेत्रमा शनिबार भएको ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकारी टेलिभिजनका अनुसार उक्त विस्फोटको भग्नावशेष सफा गर्न कर्मचारीले काम सुरु गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ११ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित