निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन « Khabarhub

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन आज काभ्रेपलाञ्चोकको धुलिखेल पुग्नुभएका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिए ।

उनले निर्वाचन तयारीबारे काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग जानकारी लिएका थिए । त्यसक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ०८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न