पाकिस्तानमा ६ वर्षीया इसाई बालिकामाथि यौन दुर्व्यवहार « Khabarhub

पाकिस्तानमा ६ वर्षीया इसाई बालिकामाथि यौन दुर्व्यवहार


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकमाथि हुने हिंसाका घटनामा कमी आएको छैन । यसै क्रममा फैसलावादको जरानवाला क्षेत्रमा एक जना ६ वर्षीया इसाई नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।

जरानवालामा बसोबास गर्ने ६ वर्षीया शामाया सलीम नाम गरेकी बालिकामाथि यौन दुर्व्यवहार भएको हो । शिक्षककहाँ ट्युसन पढ्न गएका बेला शिक्षकका भाइले अपहरण गरी उनीमाथि यौन दुर्व्यवहार गरेको जनाइएको छ ।

ट्युसन पढ्न गएकी छोरी घर नफर्केपछि आमाबाबुले सोधखोज गरेका थिए । सोधखोजका क्रममा विद्यालयको हाताभित्र रहेको एउटा कोठामा आमाले रोएको आवाज सुनेकी थिइन् ।

ढोका खोलेर हेर्दा शिक्षकका भाइले पीडितमाथि दुर्व्यवहार गरिरहेका थिए । त्यसलगत्तै आरोपी फरार भएका थिए ।

त्यसपछि पीडितलाई अस्पताल लगिएको थियो । अस्पतालको आग्रहमा पीडितको परिवार प्रहारी चौकी पनि पुगेको जनाइएको छ । हाल घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने फरार आरोपीको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : १४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको