अत्याधुनिक ड्रोन कम्पनीसँग भारतीय सेनाको सहकार्य « Khabarhub

अत्याधुनिक ड्रोन कम्पनीसँग भारतीय सेनाको सहकार्य


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाले अमेरिकी रक्षा प्रविधि कम्पनी शिल्ड एआईसँग सहकार्य गर्ने भएको छ । भी–ब्याट चालकरहित अत्याधुनिक हवाइ उपकरण (ड्रोन) प्राप्तिका लागि भारतीय सेनाले सहकार्य गर्न लागेको हो ।

भारतीय अनलाइन द प्रिन्टले यसबारे भारतीय सेना र शिल्ड एआईबीच सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको छ । समाचारमा जनाइएअनुसार शिल्ड एआईले उक्त ड्रोन उपकरण भारतमै निर्माण गर्नेछ ।

प्रक्षेपण पूर्वाधार वा धावनमार्गबिनै उक्त ड्रोनले उडान र अवतरण गर्नसक्ने क्षमता राख्छ । भारी इन्धन इन्जिन जडित यस ड्रोन आकाशमा लगातार १२ घण्टासम्म रहनसक्छ । यस ड्रोन जीपीएस र सञ्चार सिग्नल जाम भएको वातावरणमा पनि काम गर्नसक्छ ।

यस ड्रोनमा हाइभमाइण्ड सफ्टवेयर प्लेटफर्ममा आधारित रहेको छ । यस सफ्टवेयरले आफ्नो आसपासको अवस्थाको सूक्ष्म विश्लेषण गरी शून्य वा न्यून मानव इनपुटबिना निर्णय लिन र मिसन सञ्चालन गर्नसक्छ ।

यस ड्रोन युक्रेन र मध्यपूर्वको युद्धमैदानमा परीक्षण र प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ०५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको