कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गरेपछि सर्वसम्मतले पारित गरिएको हो । 
    
यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राखेका थिए। मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गरेपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिएको थियो ।

आजै सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धमा मन्त्री रामप्रसाद मेहताले जवाफ दिए । उनले भाषा आयोगबाट सिफारिस भई आएको मैथिली र लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउन बनाइएको विधेयक विषयगत समितिमा छलफल भइरहेको जानकारी दिए । 

सभासभा सदस्य खिनु लङ्वा लिम्बूले राखेको जिज्ञासामा मन्त्री मेहताले आगामी बजेट अधिवेशनमा दलित सशक्तीकरण विधेयक पनि पेस गरिने बताए।    
आजकै बैठकमा सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेलले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गरे।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जी, सिर्जना राई, मीना श्रेष्ठ, राधाकृष्ण खनाल, निरन राई र तारादेवी ढकालले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए। सभाको अर्को बैठक बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : ११ बजे

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही