एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै « Khabarhub

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो प्रतिस्पर्धा आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् ।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिम घोषणा गरेको छ । केही दिन अगाडि सिंगापुर पुगेको नेपाली टिम दुई दिनको अभ्यासपछि चीनसँग प्रतिस्पर्धाका लागि तयार छ । समूह विजेता बन्दै एसियाली खेलकुदमा छनोट हुने नेपालको लक्ष्य छ ।

टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।

आजै एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले तेस्रो बन्नुपर्ने छ । तेस्रो स्थानका लागि नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलसमेत बिहान ७ः१५ बजे मलेसियामा सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ६ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल