एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै « Khabarhub

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो प्रतिस्पर्धा आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् ।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिम घोषणा गरेको छ । केही दिन अगाडि सिंगापुर पुगेको नेपाली टिम दुई दिनको अभ्यासपछि चीनसँग प्रतिस्पर्धाका लागि तयार छ । समूह विजेता बन्दै एसियाली खेलकुदमा छनोट हुने नेपालको लक्ष्य छ ।

टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।

आजै एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले तेस्रो बन्नुपर्ने छ । तेस्रो स्थानका लागि नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलसमेत बिहान ७ः१५ बजे मलेसियामा सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ६ : ०० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र