एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ? « Khabarhub

एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

कुशल भुर्तेलले तोडे दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको रेकर्ड


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् ।

नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक प्रहार गर्दा हिर्काएको १६ छक्का एउटै इनिङमा नेपाली खेलाडीले बनाएको सबैभन्दा धेरै हो । यसअघि टी–२० क्रिकेटमा नेपालका कुशल मल्लले हिर्काएको १२ छक्काको रेकर्ड उनले तोडेका हुन् ।

बाउन्डी रनको कुशल मल्लकै रेकर्डसमेत कुशल भुर्तेलले तोडेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले ११६ रन चौका र छक्काबाट मात्र बनाए । यसअघि मल्लले एउटै इनिङमा चौका र छक्काबाट अर्थात् बाउन्डी हानेर मात्र १०४ रनको रेकर्ड कायम गरेका थिए ।

टी–२० मा सर्वाधिक छक्काको रेकर्डसमेत भुर्तेलले तोडेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीको नाममा रहेको ८९ छक्काको रेकर्ड तोड्दै भुर्तेलले टी–२० मा ९९ छक्का प्रहार गर्ने नेपाली खेलाडीका रुपमा नयाँ रेकर्ड बनाएका हुन् ।

यसैगरी भुर्तेलले यसअघि एउटै ओभरका ६ बलमा छ छक्का हानेर दीपेन्द्रले नै बनाएको रेकर्डसमेत बराबरी गरेका छन् । उनले चीनविरुद्ध नवौं ओभरमा ६ बलमा ६ छक्का हिर्काएका हुन् ।

टी–२० को एउटै इनिङमा नेपालले सर्वाधिक छक्काको रेकर्डसमेत बनाएको छ । चीनविरुद्धको खेलमा नेपालले २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको रेकर्ड बनाएको हो ।

नेपालले चीनविरुद्ध मात्र दुई विकेट गुमाएर ३१३ रन बनाउँदै सर्वाधिक ठूलो रनको चुनौतीको रेकर्डसमेत बनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : ५६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल