बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ « Khabarhub

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त गम्भीर, संवेदनशील र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन् ।

उनले नेपाल–भारत सीमा विवाद कुनै नयाँ विषय नभएको उल्लेख गर्दै दुवै देशले केही क्षेत्रमा सीमा विवाद रहेको स्वीकार गर्दै आएको र नेपालले ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको स्मरण गराएका छन् ।

घिसिङले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च लोकतान्त्रिक मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बन्न सक्ने, सीमा सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना हुन सक्ने तथा नेपालले उठाउँदै आएको वैध दाबी प्रभावित हुन सक्ने जोखिम रहेको बताएका छन् ।

उनले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारको धारणा स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले थप प्रश्न र आशंका जन्माएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : १७ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न