प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ « Khabarhub

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित कांग्रेसका शीर्ष नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ।

राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, अखिलेश यादवलगायतका नेताहरूलाई धर्नास्थलबाट बसमा राखेर लगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह र गृहसचिव गोविन्द मोहनले धर्नास्थलमै पुगेर राहुल गान्धीसँग वार्ता गरेका थिए। जितेन्द्र सिंहका अनुसार सरकारले संसदमा नीट परीक्षा र त्यससँग सम्बन्धित आन्दोलनका विषयमा छलफल गर्न तयार रहेको जानकारी दिएपछि पनि राहुलले धर्ना अन्त्य गर्न मानेनन्।

सिंहले राहुलले सुरुमा संसदमा छलफलको माग गरे पनि पछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत मागेको दाबी गरेका छन्। उनले राहुलले माग परिवर्तन गरेको र धर्ना जारी राख्ने अडान लिएको बताएका छन्।

मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक सुरु भएको कांग्रेसको धर्ना करिब तीन घण्टापछि प्रहरीले हटाएको हो। धर्नास्थलमा १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। कांग्रेस कार्यकर्ताले नेताहरूलाई घेरेर प्रहरीलाई रोक्ने प्रयास गरेपछि केहीबेर धकेलाधकेल भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले ‘प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा देऊ’ भन्ने नाराबाजी गरेका थिए। पञ्जाबका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नीसहित केही कार्यकर्तालाई पनि प्रहरीले हिरासतमा लिएको छ।

यसअघि राहुल गान्धीले सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थीमाथिको दमनलाई ‘हरेक भारतीय परिवारमाथिको आक्रमण’ भएको टिप्पणी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी अब जवाफ नदिई उम्किन नसक्ने बताएका थिए। उनले विद्यार्थीलाई न्याय दिलाउन प्रधानमन्त्री निवासअगाडिको धर्नामा सहभागी हुन सर्वसाधारणलाई आह्वानसमेत गरेका थिए।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : ३२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी