राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन् « Khabarhub

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको रूपमा व्यवहार गर्न नहुने बताएका छन् । उनले उनीहरू देशको भविष्य भएको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यार्थीमाथि भइरहेको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाए। ‘हाम्रा विद्यार्थीमाथि यस्तो व्यवहार किन भइरहेको छ? उनीहरूले के गल्ती गरेका छन्? उनीहरूको अगाडि हतियार बोकेका सुरक्षाकर्मी किन उभिएका छन्?’ उनले प्रश्न गरे।

राहुलले आन्दोलनरत विद्यार्थीहरू आतङ्ककारी नभई देशको भविष्य भएकाले उनीहरूमाथि भएको व्यवहारका लागि जिम्मेवार सबैमाथि कारबाही हुनुपर्ने माग गरे।

प्रधानमन्त्री निवासअगाडि विपक्षी दलले गरेको प्रदर्शनबारे सोधिएको प्रश्नमा उनले विद्यार्थी सडकमा उत्रिएपछि विपक्ष पनि उनीहरूसँगै सडकमा उभिनुपर्ने ठानेर प्रदर्शन गरिएको बताए।

प्रधानमन्त्री निवासतर्फ जानुअघि उनले लोकसभा अध्यक्ष ओम बिर्लाई भेटेर विद्यार्थीको मुद्दामा संसदमा बोल्न चाहेको जानकारी गराएका थिए।

अध्यक्षले सरकारसँग परामर्श गर्ने बताए पनि त्यसपछि उक्त विषयमा कुनै छलफल नभएको र मुद्दालाई बेवास्ता गरिएको उनको आरोप थियो।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्‍याउँदै राहुल गान्धीले भने, ‘धर्मेन्द्र प्रधान एउटा प्रतीक हुन्। विद्यार्थीमाथि भइरहेको व्यवहारले उनीहरू पीडित छन्। विद्यार्थीको सम्मानका लागि त्यो प्रतीक हटाइनुपर्छ।’

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : २२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ