आज २०८३ साल साउन १० गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्नै छ।

वृष : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। व्यापारमा गरेको लगानी सुस्त हुनेछ। कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मिथुन : निकै राम्रो दिन छ। बोलीका कारणले काम बन्नेछन्। राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्लाा।

कर्कट : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ।

सिंह : शुभ दिन रहेको छ ।  मन प्रशन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा संकट आइपर्ने छ।

तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक : धेरै राम्रो दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

धनु : आज प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । रमाइलो भेटघाट तय हुनेछ । पारिवारिक मेलमिलापको योग रहेको छ । व्यापारमा नाफा हुनेछ ।

मकर : दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : आज सोचेका काम बन्ने दिन छ । सामाजिक र शिक्षाको क्षेत्रमा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने छ। परिवारमा भने खटपटी हुने देखिन्छ । व्यापारमा नाफा आर्जन गर्ने दिन छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ५ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह