आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान « Khabarhub

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए । ‘बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले भने ।

यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैङ्कहरू सहभागी थिए ।

आइसिसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ ।

नबिल बैंकले हालसालै तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो । बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका लागि उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ११ : ४२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६