न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू) « Khabarhub

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।
 
साथै उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् । 

सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त रूपमा  आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  २ : १३ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा