भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात « Khabarhub

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । 

तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । 

होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउँछन्। 

‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘कम्तीमा यही उत्पादन भएको मकैलाई स्वीट कर्न बनाउन सके हुन्थ्यो ।’ अध्यक्ष बक्रेले स्वीट कर्नमा चिल्लोजन्य पदार्थ नहुने भएकाले पनि सर्वसाधारणको रजाइँमा पर्ने गरेको बताउँछन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३९ लाख ९४ हजार मूल्य बराबरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ । 

विभागले ती ‘स्वीट कर्न’ आयात गरेबापत एक करोड ४० लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा  भारतबाट आठ करोड ६४ लाख दुई हजार रुपैयाँ मूल्य बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम स्वीट कर्न फ्रोजर आयात भएको थियो । 

सोही आर्थिक वर्ष चीनबाट भने आठ हजार रुपैयाँ मूल्य पर्ने ७५ किलोग्राम स्वीक कर्न फ्रोजन आयात भएको देखिन्छ ।

विभागले आव २०८१/८२ मा स्वीट कर्न आयात गरेबापत एक करोड ७४ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको राजस्व सङ्कलन गरेको थियो । 

विदेशबाट स्वीट कर्न मात्रै होइन, ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, टर्कीय, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट १२ अर्ब ४१ करोड रुपैयाँ मूल्य बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकैको आयात भएको छ ।  

त्यस्तै आव २०८१/८२ मा आधा दर्जनभन्दा धेरै मुलुकबाट १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको ३८ करोड ३१ लाख नौ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको तथ्याङक छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ३२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा