संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै « Khabarhub

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कुल विनियोजित बजेटको ३१.६८ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पुँजीगत बजेट कार्यान्वयनको अवस्था अत्यन्त कमजोर देखिएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ७ अर्ब ६८ करोड ४ लाख ४४ हजार ८६० रुपैयाँ बजेटमध्ये समीक्षा अवधिसम्म २ अर्ब ४३ करोड ३४ लाख ९८ हजार रुपैयाँ मात्र खर्च भएको छ।a

कुल खर्चमध्ये चालुतर्फ ५८.१४ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ भने १६.२१ प्रतिशत मात्र खर्च भएको तथ्याङ्कले देखाएको छ। यसले मन्त्रालयअन्तर्गतका विकास तथा पूर्वाधारसम्बन्धी आयोजनाको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको संकेत गरेको छ।

मन्त्रालयअन्तर्गतका निकायमध्ये नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ले सबैभन्दा उच्च प्रगति हासिल गर्दै समीक्षा अवधिमा आफ्नो बजेटको ९९.५४ प्रतिशत खर्च गरेको छ। त्यस्तै, सांस्कृतिक संस्थान ले गत आर्थिक वर्षमा विनियोजित बजेटको शतप्रतिशत खर्च गरेको थियो भने लुम्बिनी विकास कोष ले ९०.०६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

यता, पर्यटन पूर्वाधार विकास आयोजना को प्रगति भने निकै निराशाजनक देखिएको छ। आयोजनाका लागि विनियोजित ४ अर्ब १७ करोड ८४ लाख रुपैयाँ बजेटमध्ये समीक्षा अवधिसम्म ७.५६ प्रतिशत मात्र खर्च भएको छ।

त्यसैगरी, पशुपति क्षेत्र विकास कोषले पनि विनियोजित बजेटको १४.७८ प्रतिशत मात्र खर्च गर्न सकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

मन्त्रालयको बेरुजु फर्छ्योटको अवस्था पनि सन्तोषजनक देखिएको छैन। कुल ४ अर्ब ५९ करोड २२ लाख १० हजार रुपैयाँ बेरुजुमध्ये गत आर्थिक वर्षमा ४७ करोड ८५ लाख ३२ हजार रुपैयाँ मात्र फर्छ्योट भएको छ, जुन कुल बेरुजुको १०.४२ प्रतिशत हो।

यसअन्तर्गत सरकारी कार्यालयतर्फ १३.१५ प्रतिशत तथा समिति, कोष र प्रतिष्ठानतर्फ ८.३४ प्रतिशत बेरुजु फर्छ्योट भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ४८ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार