आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको द्धित्तिया तिथि । अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

वृष :दिन सामान्य छ। लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। खानपानमा ध्यान नजाँदा स्वास्थ्यमा समस्या हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ।

मिथुन :दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठुला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ।

कर्कट :दिन सामान्य राम्रो छ। जग्गाको कारोबारमा घाटा हुनेछ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह :दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

कन्या :सामान्य दिन छ। विपक्षी सक्रिय छन् सचेत बन्नुहोला । राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला :दिन राम्रो छ। संघ संस्थाले सम्मान गर्नेछन्। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नती हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुन्छ।

वृश्चिक :दिन सामान्य छ। मन अशान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

धनु :दिन राम्रो छ। आम्दानीका स्रोत सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक हुन्छ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन अशान्त हुनसक्छ।

मकर :दिन राम्रो छ। अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ :दिन सामान्य राम्रो छ। अनावश्यक यात्रामा खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन :दिन सामान्य राम्रो छ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। भीडमा सचेत हुनुपर्ने देखिन्छ। खर्च बढ्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ०९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह