नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू) « Khabarhub

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ ।

चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले पनि नारायणीमा बाढीको सम्भावना रहेको अनुमान गरेको छ । साउन २३ गतेसम्म सतह बढ्ने अनुमान छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बिहानैदेखि तटीय क्षेत्रमा परिचालित छन् । प्रहरीले सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा सर्न माइकिङमार्फत आग्रह गरिरहेको छ ।

नदी किनारमा व्यवसाय सञ्चालन गरिरहेका ठेला र अन्य व्यापारीलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

नदीको सतह झनै बढ्ने अनुमान रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कताका सबै उपाय अपनाउन र प्रहरीको निर्देशन पालना गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

तस्बिर : निशा श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : २२ बजे

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ