आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६ अगष्ट ८ तारिख। साउन कृष्ण पक्षको दशमी तिथि ।  राष्ट्रिय भूसंरक्षण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बन्धुसँग विवाद बढ्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य छ। शब्दको जालमा फस्ने जोखिम छ। आम्दानीको स्रोत व्यवस्थापनमा समस्या हुनसक्छ। थारै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने छ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

सिंह : शुभ दिन छ। तपाईंले गरेको संघर्षबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। श्रम शोषण गर्नेसँग सचेत बन्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षी शान्त रहेकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : सञ्चित धन खर्च हुनेछ। सानो कुरामा विवाद हुँदा मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्। श्रमको मूल्य प्राप्त हुनेछ ।

वृश्चिक :दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह थपिने छ। व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीले प्रशंसा गर्नेछन्। शिक्षामा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शुभग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्राले सम्पत्ति र समय खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। शनिको अवस्था हेरेर मात्र दैनिक काम गर्नु उचित हुन्छ। 

मीन : आज थोरै बोलेर अघि बढ्नु उचित हुनेछ । बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ५ : २३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर