परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन « Khabarhub

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले आन्दोलन चर्काएका छन्। प्रदर्शनकारीहरूले परीक्षा प्रणालीमा सुधार, केही परीक्षा रद्द तथा कथित अनियमितताको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

राज्यको राजधानी राँचीमा जुलाई २९ देखि सुरु भएको प्रदर्शनमा कम्तीमा छ जना विद्यार्थी भोक हडतालमा बसेका छन्। एक साताभन्दा बढी समयदेखि अनशनमा रहेका ३३ वर्षीय विद्यार्थी नेता देवेन्द्र नाथ महतोले सरकारी परीक्षा सञ्चालनमा निजी कम्पनीको संलग्नता अन्त्य गर्नुपर्ने माग गरेका छन्।

‘हामी सम्पूर्ण प्रणालीमा परिवर्तन चाहन्छौँ,’ भारतीय सञ्चारमाध्यमले महतोलाई उद्धृत गर्दै जनाएका छन्।

प्रदर्शनकारीहरूले सरकारी परीक्षामा निजी कम्पनीको संलग्नताका साथै परीक्षामा भएको भनिएको अनियमितताको विरोध गर्दै केही परीक्षा रद्द गर्न र सङ्घीय निकायमार्फत छानबिन गर्न माग गरेका छन्।

सोमबार सयौँ सुरक्षाकर्मी परिचालन गरी झारखण्ड विधानसभाको सुरक्षा व्यवस्था कडा पारिएको थियो। सुरक्षाकर्मीले काँडेतारसहितका ब्यारिकेड लगाएका थिए। राज्य सरकार र विद्यार्थीबीच यसअघि पटक–पटक भएका वार्ता निष्कर्षविहीन भएपछि प्रदर्शनकारीहरू नाराबाजी गर्दै विधानसभातर्फ अघि बढेका थिए।

मुख्यमन्त्री हेमन्त सोरेनले प्रदर्शनकारीका केही माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्ने प्रयास गरिरहेका छन्। परीक्षाको निरीक्षण गर्ने निकायका केही सदस्यले समेत राजीनामा दिएका छन्।

‘कुनै पनि समस्या वार्तामार्फत समाधान गर्न सकिन्छ,’ मुख्यमन्त्री सोरेनले आइतबारको सम्बोधनमा भनेका थिए।

झारखण्डको पछिल्लो आन्दोलन भारतमा सरकारी भर्ना परीक्षाको पारदर्शिता र विश्वसनीयतामाथि बढ्दै गएको असन्तुष्टिको अर्को उदाहरण हो। सीमित सरकारी रोजगारीका लागि लाखौँ युवा प्रतिस्पर्धा गर्ने भारतमा सरकारी परीक्षा रोजगारी प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा रहेको छ।

यसअघि नयाँदिल्लीमा पनि सरकारी परीक्षामा कथित अनियमितताको विरोधमा युवाहरूले लामो समय प्रदर्शन गरेका थिए। उक्त आन्दोलनले भारतको परीक्षा प्रणालीको विश्वसनीयता र पारदर्शितालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा समेत उठाएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ०८ बजे

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको