इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी « Khabarhub

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर गएर दर्शकहरूमाथि ठोक्किएपछि आठ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले सोमबार बताएको छ ।

यो दुर्घटना आइतबार राति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामोबागु शहरमा आयोजित ‘ड्रयाग कार रेस’का क्रममा भएको हो।

‘आठ जनाको मृत्यु भएको छ, आठ जना गहन उपचारमा छन् र एक जनालाई सामान्य चोटपटक लागेको छ,’ उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्गीले भने। 

प्रहरीले चालकसहित धेरै प्रत्यक्षदर्शीहरूसँगको प्रारम्भिक सोधपुछ यो जानकारी गराएको हो । एक प्रत्यक्षदर्शीका अनुसार कार नियन्त्रणबाहिर गएर उत्तर सुलावेसीको राजधानी मनाडोबाट करिब १८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित कोतामोबागुमा रेसका दर्शकहरूमाथि ठोक्किएको थियो । 

करिब २८ करोड जनसङ्ख्या भएको यो दक्षिण–पूर्वी एसियाली राष्ट्रमा घातक सडक दुर्घटनाहरू सामान्य छन्, जहाँ सडक नियमहरू नियमित रूपमा उल्लङ्घन गरिन्छ र सवारी साधनहरू प्रायः राम्रोसँग मर्मत गरिएका हुँदैनन् ।
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : २० बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा