ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग « Khabarhub

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्याँसको सहज रुपमा ग्यास उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्तिलाई व्यवस्थापन गर्न समेत माग गरेको छ । 

दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताए । त्यस्तै महँगी, कालोबजारी नियन्त्रण गर्न र जनतालाई आवश्यक राहतको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । 

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुन बस्ने र महाधिवेशन तयारी लगायत विभिन्न एजेन्डामाथि छलफल जारी रहने प्रवक्ता चालिसेले बताए । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ४५ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा