आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक « Khabarhub

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

सिमलधाराको सुक्खा पहिरो हटाइयो


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०:२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। रातभर उपकरणको प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारी साधनको आवागमन सहज पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक खुलेसँगै रातभर बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ०१ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी