काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल « Khabarhub

काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले प्रशासन विभाग प्रमुखको जिम्मेवारी नवराज ढकाललाई दिएको छ ।

सहकारी विभागका प्रमुख रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको महानगरले जनाएको छ । प्रशासन विभागलाई सबै भन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ ।

ढकाल विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनले सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

शिक्षा, सहकारीलगायत स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढकालले अर्थशास्त्रमै एमफिल गरेका छन् भने दर्शनशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।

लामो समम महानगरकै विभिन्न विभागमा रहेर काम गरेका ढकालले वित्तीय प्रशासनमा पनि स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक ।

लामो समयदेखि प्रशासन विभाग प्रमुखसँगै प्रवक्ताको समेत जिम्मेवारीमा रहेका ज्ञानेन्द्र कार्कीलाई ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि मन्त्रालयमा पठाउन पत्राचार गरेको थियो ।

त्यसको भोलिपल्टै अर्थात् साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाएपछि कार्की प्रशासन विभागको जिम्मेवारीबाट अलग भएका थिए ।

जनप्रतिनिधिलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रावधानअनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोलले प्रवक्ताको जिम्मेवारी पाएपछि कार्की यस अघि नै उक्त जिम्मेवारीबाट पनि अलग भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ४८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय