१० संकेत जसले अशुभ घटना हुनु पूर्व नै जानकारी दिन्छन् | Khabarhub Khabarhub

१० संकेत जसले अशुभ घटना हुनु पूर्व नै जानकारी दिन्छन्


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्र एक यस्तो विद्या हो जसले ग्रह नक्षत्रको गणना र तिनको चालबाट व्यक्तिको भविष्यका बारेमा भविष्यवाणी गर्छ । धेरैले ज्योतिषको गणना र भविष्यवाणीको विश्वास गर्छन् भने केही अविश्वास ।

जीवनमा घट्ने केही शुभ र अशुभ घटनाको समेत ज्योतिषशास्त्रले जानकारी दिने गर्दछ । ज्योतिषशास्त्र अनुसार निम्न १० अवस्थामा ब्यक्तिको जीवनमा अशुभ घटना हुने संकेत गर्दछ ।

१. गहना हराउनु
बहुमूल्य गहना हराउनु वा चोरी हुनु राम्रो मानिँदैन । यसले आउने जीवनमा संकट वा अशुभ हुने संकेत गर्दछ ।

२. घरपालुवा जनावरको मृत्यु
यदि घरमा पालिएको घरपालुवा जनावर, चराचुरुङ्गीको एकाएक मृत्यु हुन्छ भने कुनै ठूलो विपत्ति आउने संकेत गर्दछ । तर प्राकृतिक मृत्युले भने असर गर्दैन ।

३. औंलामा अचानक कोठी आउनु
यदि हातको साहिली औंलाको फेदतर्फ अचानक कोठी आयो भने जीवनमा धोका पाउने सम्भावनालाई इशारा गर्छ ।

४. जीवनसाथीसँग झगडा
यदि एकाएक श्रीमान–श्रीमती (जीवनसाथी)बीच झगडा हुन्छ र झगडा बढ्दै जान्छ भने यसले संकट आउने परिस्थितिको संकेत गर्छ । साथै यसले धन नोक्सान हुनेतर्फ पनि इशारा गर्छ ।

५. अवसर गुम्नु
यदि कोही मानिसले सूचना वा मनसायको अभावमा कुनै ठूलो अवसर गुमाएको छ भने यसले उसको जीवनमा संकट आउँदैछ भन्ने संकेत गर्छ । साथै लामो समयबाट थालिएको काममा समेत अवरोध हुने गर्दछ ।

६. पेटको रोग
अचानक कसैमा पेट सम्बन्धि रोग देखा पर्छ र निको भइरहेको छैन भने यसले आउने जीवनमा अनेकौं समस्या आउन सक्नेतर्फ संकेत गर्छ । साथै मानिसमा मन चञ्चल हुने, चिढ्चिढापना बढ्ने हुन जान्छ ।

७. निरन्तर आर्थिक समस्या
यदि कसैलाई अचानक बोल्दा बोल्दै मुख लरबराउँछ र मुखमा आवश्यकता भन्दा बढी ¥याल आउने भइरहेको छ भने भविष्यमा धन र कानूनी अड्चन आउने घटनातर्फ इशारा गर्छ ।

८. पानीको ट्यांकी लिक हुनु
यदि घरमा रहेको पानीको ट्यांकी अचानक लिक भयो अर्थात चुहिन थाल्यो भने घरमा आर्थिक संकट आउने हुनसक्छ ।

९. तेल पोखिनु
काम गर्दागर्दै होस् वा लापरबाहीले होस्, अचानक घरको मुख्य द्वारमा तेल पोखियो भने परिवारमा विपत्ति आउने हुनसक्छ । यसरी तेल पोखिएमा तत्काल सेतो कपडाले सफा गर्नुपर्छ ।

१०. विद्युतीय उपकरण
यदि घरमा ठिकठाक चलिरहेको विद्युतीय उपकरण एकाएक बिग्रियो वा बारम्बार बिग्री रह्यो भने यो धन नोक्सानी हुने संकेत हो । यस्तो भएमा घरमा ठूलो आर्थिक क्षति आउन सक्छ । यसका साथै चर्किएको मोबाइल वा अन्य विद्युतीय उपकरण पनि बोक्नु हुँदैन ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ०७ बजे

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा

जीपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी

संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य