भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार मृतकमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।

बाढीका कारण अझै ४ हजार ४४ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ३ हजार ४ सय ३८ जना स्वदेशी र ६ सय ६ जना विदेशी नागरिक रहेका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार कार्यका क्रममा बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल ३ हजार ९८ जना प्रभावितहरूलाई होल्डिङ्ग सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई तीव्रता दिइएको छ। हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी कुल २ हजार ४ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको छ। फेला परेकामध्ये ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार ३७ वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : ५० बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध