सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी « Khabarhub

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक कुमार साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार उनको नाम सिफारिस भएको छ। तर अहिलेसम्म कन्फर्म भने भइनसकेको बताइन्छ ।

पार्टी सभापति रवि लामिछाने टिमले नेता गणेश पराजुलीलाई अगाडि सार्ने तयारी गरेको भए पनि दीपकलाई नै उद्योगमन्त्रीमा पठाउन बालेन्द्रले तयारी गरिरहेको पार्टी स्रोत बताउँछ। पेशाले इन्जिनियर रहेका उनलाई उद्योग मन्त्रालयमा पठाउन लागिएको हो। यस अगाडि उद्योगमन्त्री गौरीकुमारी यादवले आज नै पदबाट राजीनामा दिएकी छन् ।

यता राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्य अहिलेसम्मको मन्त्री बन्ने भन्ने विषयमा औपचारिक पत्र आइनसकेको बताउँछन् । उनी मिडियामा आएको हल्लाबाहेक आफूहरूलाई प्रधानमन्त्री कार्यालयले कुनै पत्र नपठाएको जानकारी दिन्छन् ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेकाले शाहलाई आज नै मन्त्रीको शपथ ग्रहण गराउन सक्ने सम्भावना पनि रहेको छ । तर मन्त्रिपरिषद् बैठकको निर्णय आइनसकेकाले यसै हो भन्न सक्ने अवस्था छैन ।

सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी गरिन्छ ।

साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फागुन २१ को निर्वाचनमा हराएका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ४ : २९ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी