प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ « Khabarhub

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । 

सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिइन्।

नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसपछि गैरआवासीय नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी लगानी तेस्रो प्राथमिकतामा रहने बताएको सांसद राणाले बताइन् । 

व्यवसायीहरूले नेपाली व्यवसायीहरू ठूला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको धारणा राखेका थिए । 

अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेकाले मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूको जोड रहेको सांसद राणाले बताइन् ।
 
त्यस्तै व्यवसायीहरूले आरोप लाग्ने बित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने परिपाटीले मनोबल घटाएको गुनासो गरेका थिए । 

निजी क्षेत्रका समस्या, कानुन संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयबाट प्रत्येक तीन–तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी बनेको सांसद राणाको भनाइ छ । छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी भएका थिए।  

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  २ : २२ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको