आन्दोलनरत विद्यार्थीका माग पूरा गर्ने डा. कोइरालाले दिए आश्वासन « Khabarhub

आन्दोलनरत विद्यार्थीका माग पूरा गर्ने डा. कोइरालाले दिए आश्वासन


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ ।

काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दोलनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वासन दिएका छन् ।

छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , काठमाडौं युनिभर्सिटी, नेशनल मेडिकल कलेज, पाटन मेडिकल कलेजका विद्यार्थी सहभागी थिए ।

छलफलमा काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि काउन्सिलले पहल गर्ने आश्वासन दिएको स्रोतले बतायो ।

शुल्क कै विषयमा लामो समयदेखि विवाद हुदा भदौ देखि शुरू हुनुपर्ने एमबीबीएसको नयाँ भर्ना र शैक्षिक कार्यक्रम समेत प्रवाभित भएका छन् ।

नयाँ शैक्षिक कार्यक्रम नै प्रभावित भएको भन्दै काउन्सिलका अध्यक्ष डा कोइरालाले छिट्टै सबैपक्षसँग वार्ता गरेर शुल्कको विवाद टुंग्याउने बताएको स्रोतको भनाइ छ ।

“शुल्क फिर्ता वा समायोजन कसरी गर्ने भनेर छलफल भयो काउन्सिल का अध्यक्ष डा कोइरालाले विद्यार्थी को गुनासो सुन्नुभयो ।” स्रोतले खबरहबसँग भन्यो,” काउन्सिलले विद्यार्थीहरूलाइ शैक्षिक शत्रको कार्यक्रम प्रभावित हुन नदिन आग्रह पनि गर्यो ।”

काउन्सिलसँगको वार्तामा आर्मी मेडिकल कलेजका पीडित विद्यार्थीले कलेजले लिएको बढी शुल्क फिर्ताको पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै गण्डकी मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको पहल गर्न डा कोइरालालाई आग्रह गरेका थिए । काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ११ : ३७ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम