अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा « Khabarhub

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्‍याइएको छ ।

बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

गोर्खा वेल्फेयर ट्रष्टको ५८ लाख ५० हजार र स्थानीय उपभोक्ताको नौ लाख ७६ हजार गरी ६८ लाख २६ हजारको लागतमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत खानेपानी आयोजना निर्माण गरिएको हो ।

जिल्लाकै पहिलो घरबास गाउँका रूपमा परिचित त्यस गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी खुसी छन् । आयोजनाको मर्मतसम्भार कोषमा नगरपालिकाले रु दुई लाख र स्थानीय उपभोक्ताले ८३ हजार जम्मा गरेको उपप्रमुख खड्काले बताए।

गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि लीला पुन शेरचनले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय गाउँमा लामो समयदेखिको खानेपानी समस्या अब समाधान भएको बताए।

उपभोक्ता चन्द्रमती थापाले घरमै धारा आएपछि दैनिक जीवन सहज भएको बताए। उनले हिउँद र वर्षा दुवै समयमा शुद्ध खानेपानीको व्यवस्था भएकाले धाराको पानी सिधैँ पिउन सकिने बताए।

आयोजनाअन्तर्गत तीनवटा इन्टेक, एक कलेक्सन च्याम्बर, एक डेलिभरी ट्यांकी, एक पम्प हाउस, एक रिजर्भ ट्यांकी, चार जडसन च्याम्बर र पाँचवटा तारबार निर्माण गरिएको छ । 

आयोजनामा दुई हजार ५८५ मिटर पाइप लाइन बिछ्याइएको उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ । पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई एकीकृत गरी आयोजना निर्माण गर्न गत वर्ष गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता भएको थियो । 

सम्झौताअनुसार आयोजना सम्पन्न भएपछि घरघरमा धारा पुगेको उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले जानकारी दिए ।
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : २९ बजे

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको