बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे « Khabarhub

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको अकल्पनीय बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले विपद्को घडीमा मित्रराष्ट्रहरूले प्रस्ताव गरेको उद्धार र राहत सहयोग नस्वीकार्दा धेरै मानवीय क्षति हुन पुगेको दाबी गरे ।

जलवायु परिवर्तनका कारण आएको बाढीबाट ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसद घिमिरेले बेपत्ता भएकाहरूको तीव्रताका साथ खोजी गर्न सरकारसँग माग गरे । 

बाढीका कारण बाबुआमा र दाजुभाइ गुमाएर असहाय बनेका बालबालिकाको बसोबास र शिक्षाको सम्पूर्ण दायित्व अभिभावकका रूपमा राज्यले लिनुपर्ने उनको भनाइ थियो ।

विपदको समयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा सत्ताधारी दलका सभापति (रवि लामिछाने) ले बैठक डाकेको प्रति कडा टिप्पणी गरे ।

सरकार सत्ताधारी दलका सभापतिको नियन्त्रणमा छ कि छैन भन्ने प्रश्न उठाउँदै उनले सर्वदलीय बैठकको निर्णय अनुसार बाढी प्रभावित क्षेत्रको अनुगमन र क्षति सम्बोधनका लागि तत्काल उच्चस्तरीय विशेष संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

भाद्र २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको स्मरण गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । आन्दोलनकारीले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दाप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै घिमिरेले वर्तमान सरकार गठन भएको छ महिना पुग्न लाग्दा पनि सुशासनको क्षेत्रमा कुनै ठोस काम गर्न नसकेको आलोचना गरे । 

‘सामाजिक सञ्जालमा स्टाटस लेख्दैमा र मन्त्रीहरूले दादागिरी गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन,’ उनले भने, ‘विगतका पदाधिकारीलाई गाली र आतङ्क सिर्जना गर्नेबाहेक सरकारले कुनै काम थालनी गरेको छैन ।’

विगत ३५ वर्षमा विकास नै नभएको भन्ने भ्रामक प्रचारको खण्डन गर्दै घिमिरेले अघिल्ला सरकारहरूले जलविद्युत्, सडक, पुल, विमानस्थल, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशाल पूर्वाधार खडा गरेको तथ्यांक प्रस्तुत गरे ।

कांग्रेस नेतृत्वको सरकारले देशमा हजारौँ मेगावाट विद्युत्, लाखौँ किलोमिटर सडक र दर्जनौँ विमानस्थल निर्माण गरेको दाबी गर्दै उनले वर्तमान सरकारलाई पूर्वाधारका नयाँ पाँचवर्षे योजना सार्वजनिक गर्न चुनौती दिए ।

सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो शुभकामना रहेको बताउँदै सांसद घिमिरेले कानुन निर्माण र विकासका काममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे ।

तर, अरूलाई हिलो छ्यापेर र घमण्ड गरेर सरकार सफल हुन नसक्ने भन्दै उनले स्टन्टबाजी छोडेर काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ४ : ३४ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख