विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त « Khabarhub

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका उपेन्द्र सुब्बा अब नयाँ कथासहित दर्शकमाझ आउने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘बखत्ते’ को शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ ।

आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा बन्ने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन् । फिल्मको कथा तथा पटकथा लेखन पनि निर्देशक सुब्बाकै हो ।

लामो समय लिएर ‘बखत्ते’ निर्देशन गर्न लागेको बताउँदै सुब्बाले यस पटकको कथा दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । ‘इमानदार भएर कथा लेखेको छु, सिनेमा पनि इमानदार भएर बनाउनेछु,’ उनले भनेका छन् ।

विपिन र मिरुनासँगै फिल्ममा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारको अभिनय रहनेछ ।

आशिषएच तामाङ र प्रदीपजी धामी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज काफ्ले तथा सह–निर्माता अञ्जु पाण्डे र पुष्कर घिमिरे हुन्। पुरुषोत्तम प्रधानको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

फिल्ममा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ । मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको ‘बखत्ते’को काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र मोफसलमा कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्नेछ । अब सुब्बाको निर्देशन, विपिन–मिरुनाको जोडी र नयाँ कथाले ‘बखत्ते’लाई कस्तो फिल्म बनाउनेछ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ५९ बजे

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू