निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब « Khabarhub

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले बेहोरेको पराजयपछि दबाब बढेको छ।

मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा सीडीयूले पाँच प्रतिशतको सीमा पार गर्न नसक्दा राज्य संसद्बाट बाहिरिएको छ भने राजधानी बर्लिनमा वामपन्थी दल डाइ लिङ्केभन्दा पछि परेको छ।

पद सम्हालेको १६ महिनामै चुनावी धक्का बेहोरेपछि मर्जले आइतबार टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै आफू चान्सलर र सीडीयू अध्यक्षका रूपमा जिम्मेवारीमा रहने बताए। मेक्लेनबर्ग–पश्चिमी पोमेरानियाको निर्वाचन परिणामलाई उहाँले ‘विपत्ति’ को संज्ञा दिँदै जर्मनीलाई सुधारको बाटोमा अघि बढाउन दृढता र धैर्य आवश्यक रहेको बताए।

मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा आप्रवासनविरोधी अल्टरनेटिभ फर जर्मनी (एएफडी) करिब ३८ प्रतिशत मतसहित पहिलो भएको छ। सत्तारूढ सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) करिब ३५ प्रतिशत मतसहित दोस्रो हुँदा सीडीयूले ४.९ प्रतिशत मत मात्र पाएको छ। बर्लिनमा डाइ लिङ्के पहिलो, सीडीयू दोस्रो र एएफडी तेस्रो भएका छन्।

निर्वाचन परिणामपछि मर्जले जर्मनीका संस्थाप्रति जनविश्वास घटिरहेको र वाम तथा दक्षिण दुवै धारका कट्टरपन्थी दलले त्यसलाई कमजोर बनाइरहेको बताए।

राजनीतिक विश्लेषकहरूले मर्जको तत्काल टेलिभिजन सम्बोधनलाई पार्टीभित्र उठ्न सक्ने नेतृत्वसम्बन्धी बहस रोक्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। रुहर विश्वविद्यालय बोखुमका राजनीतिक वैज्ञानिक ओलिभर लेम्बकका अनुसार मर्जले प्रारम्भमै राजनीतिक कथ्य आफ्नो नियन्त्रणमा राख्न खोज्नुभएको हो।

निर्वाचनपछि सीडीयू नेतृत्वले सङ्कट बैठक गरेको छ। मर्जले आगामी केही कार्यक्रम स्थगित गरेका छन् भने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रमसमेत रद्द गरेका छन् ।

मर्जलाई पदबाट हटाउन सकिने चर्चा चलिरहेका बेला नर्थ राइन–वेस्टफालियाका मुख्यमन्त्री हेन्ड्रिक वुएस्ट र बाभेरियाका मुख्यमन्त्री मार्कस सोडरको नाम सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएको छ। यद्यपि, दुवैले खुला रूपमा नेतृत्वका लागि दाबी गरेका छैनन्।

गत वर्ष पदभार ग्रहण गर्दा मर्जले कमजोर अर्थतन्त्र सुधार, जर्मन सेनाको क्षमता विस्तार र अनियमित आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर गठबन्धन साझेदार एसपीडीसँग आर्थिक तथा सामाजिक सुधार अघि बढाउन उनलाई कठिनाइ भइरहेको छ। यसअघि स्याक्सोनी–आनहाल्टमा पनि एएफडीले सीडीयूलाई पराजित गरेको थियो।

यद्यपि, आठ राज्यका मुख्यमन्त्रीहरूले नेतृत्वसम्बन्धी बहसभन्दा अहिले जर्मनीलाई राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा एएफडी पहिलो दल बने पनि अन्य प्रमुख दलले उससँग गठबन्धन नगर्ने अडान लिएका छन्। त्यसका कारण एसपीडीले वामपन्थी दलसँग सहकार्य गरी राज्य सरकारलाई निरन्तरता दिन सक्ने अवस्था देखिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ४३ बजे

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित