केपी ओलीबारे शंकर पोखरेल, ‘जनताले उहाँका कुरा सुन्नै चाहँदैनन्’ « Khabarhub

केपी ओलीबारे शंकर पोखरेल, ‘जनताले उहाँका कुरा सुन्नै चाहँदैनन्’


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा महत्वपूर्ण काम भए पनि पछिल्लो समय जनताले त्यसबारे सुन्नै नचाहने अवस्था बनेको बताएका छन्।

ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले जनतामा ओलीप्रति नकारात्मक धारणा बनेको बताएका हुन्।

‘अध्यक्ष नेतृत्वको सरकारबाट धेरै महत्वपूर्ण काम भए। त्यसलाई हामीले पटक–पटक चर्चा गर्‍यौँ, तर पछिल्लो समय जनताले त्यो कुरा सुन्न नै चाहेनन्,’ पोखरेलको भनाइ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले भनेका छन् ।

गत वर्ष भदौमा भएको जेन-जी आन्दोलन र त्यसपछि फागुन २१ गते भएको संसदीय निर्वाचनपछि ओलीको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने अवस्था भए पनि स्वीकार्न नसकिएको पोखरेलले बताए। पार्टी सुधारबारे आफू र अध्यक्ष ओलीबीच दूरी बढ्नुको एउटा कारण यही रहेको उनले बताए ।

तर पोखरेलले ओलीसँग आफ्नो व्यक्तिगत वा राजनीतिक असहमति नरहेको स्पष्ट पारे । बहस नोट समितिका सदस्य सूर्य थापाका अनुसार पोखरेलले बैठकमा आफूले अध्यक्षमाथि कुनै अभियोग लगाउन नचाहेको बताएका थिए।

‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन,’ पोखरेलले भनेका थिए। उनले पार्टीमा असमझदारी र विग्रह आउने गरी विशेष महाधिवेशन आयोजनाको नेतृत्वसमेत आफूले नगर्ने बताएका छन्।

‘पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ,’ उनको भनाइ थियो।

आफू पार्टी अध्यक्ष बन्ने विषयमा पनि ओलीको असहमति रहेमा त्यसलाई अघि नबढाउने पोखरेलले बताएका छन्। ‘तपाईंको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ,’ उनले भनेका थिए।

बैठकमा पोखरेलले अध्यक्ष ओलीसँग आफ्नो कुनै असहमति नरहेकोसमेत बताएका थिए। ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन। तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन। यो विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका थिए।

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाका सम्बन्धमा कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत नगरी ओलीले एकपक्षीय रूपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको भन्दै उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेललगायतका नेताहरू असन्तुष्ट रहेको बताइएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : २० बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी