बालेनको सम्बोधन भइरहँदा न्यूयोर्कमा जलवायु न्यायका लागि भिजिट नेपालको प्रदर्शन « Khabarhub

बालेनको सम्बोधन भइरहँदा न्यूयोर्कमा जलवायु न्यायका लागि भिजिट नेपालको प्रदर्शन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमको सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन् ।

जलवायु परिवर्तनले राष्ट्रिय सीमा नमान्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमनदी, हिमताल, बाढीपहिरो तथा अन्य जलवायुजन्य विपद्को जोखिम सामना गर्न हिमालय क्षेत्रका मुलुकहरूबीच तथ्यांक, प्रविधि र पूर्वसूचना प्रणालीमा सहकार्य आवश्यक रहेको बताए ।

उनले प्रस्तावित संयन्त्रमार्फत नेपाल, भारत र चीनले भू–उपग्रहबाट प्राप्त तथ्यांक र प्राविधिक विशेषज्ञता साझा गर्ने, जोखिमपूर्ण हिमतालहरूको संयुक्त निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने तथा विपद्का बेला सीमापार सहायता समन्वय गर्ने अवधारणा विश्व समुदायसमक्ष प्रस्तुत गरे ।

प्रधानमन्त्री शाहले हिमालयलाई छरिएका सूचनाले विभाजित सीमाका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने सन्देश दिए । 

हिन्दुकुश–हिमालय क्षेत्रसँग झन्डै दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन जोडिएको उल्लेख गर्दै हिमालयको संरक्षण नेपाल वा हिमाली मुलुकहरूको मात्र नभई व्यापक क्षेत्रीय तथा विश्वव्यापी सरोकार भएको उनको सम्बोधनको सन्देश थियो ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून रहे पनि हिमनदीको तीव्र परिवर्तन, अस्थिर पहाडी भूभाग, अनिश्चित नदी प्रणाली तथा बाढीपहिरोजस्ता जलवायुजन्य विपद्को ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्री शाहले बताए । 

उनले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय दस्तावेजमा सीमित अवधारणा नभई जोखिममा रहेका समुदायले प्रत्यक्ष अनुभूति गर्न सक्ने कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, प्रधानमन्त्री शाहले राष्ट्रसङ्घभित्र नेपालको जलवायु न्यायको मुद्दा उठाइरहँदा न्यूयोर्कमा भिजिट नेपालले पनि जलवायु न्यायका पक्षमा नागरिकस्तरबाट पैरवी गर्दै त्यसलाई पर्यटनमार्फत पुनरुत्थानको अवधारणासँग जोडेको छ ।

अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको गैरनाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हिमालय, पग्लँदै गरेका हिमनदी, जलवायुजन्य विपद् र प्रभावित समुदायका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै नेपाललाई जलवायु न्याय आवश्यक रहेको सन्देश प्रवाह गरेको थियो ।

संस्थाले जलवायु न्यायको मागसँगै विपद्पछि स्थानीय समुदायलाई आर्थिक रूपमा पुनः उभ्याउन पर्यटन महत्वपूर्ण माध्यम बन्न सक्ने भन्दै विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेको छ ।

पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट, पर्यटन तथा पदयात्रा गाइड, यातायात, हस्तकला, स्थानीय उत्पादन र साना व्यवसायसम्म प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्ने भएकाले जिम्मेवार पर्यटनलाई पुनरुत्थानसँग जोड्न सकिने संस्थाको धारणा छ ।

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको मञ्चबाट नेपाल, भारत र चीनबीच हिमालय संरक्षणका लागि संरचित क्षेत्रीय सहकार्यको प्रस्ताव अघि सार्दा बाहिर भिजिट नेपालले जलवायु न्यायसँगै स्थानीय समुदायको आर्थिक पुनरुत्थानलाई जोडेर नेपालको आवाजलाई नागरिकस्तरबाट अगाडि बढाएको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : ४२ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच