विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । 

भारी वर्षाको जोखिमसँगै हुनसक्ने खतराबाट बच्न  सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो । 

मौसम विज्ञान विभागले लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ ।

प्रदेश सरकारले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकार्यको तयारी गरिरहेका छन् ।

प्रदेशका जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र प्रदेश सरकारले जिल्ला तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको छ ।

प्रमुख सचिव विनोदबहादुर कुँवरले जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसार विपद् प्रतिकार्यको तयारीलाई मजबुत बनाइएको छ । 

सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित सरोकारवाला निकायबीच सूचना आदानप्रदान तथा आवश्यक स्रोतसाधन परिचालनका लागि समन्वय भइरहेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरो, भूक्षय र बाढीको जोखिम बढी रहेको छ भने तराईका जिल्लामा नदी तथा खोलामा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम बढ्ने देखिएको छ । 

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले पनि आजदेखि १२ गतेसम्म सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ । 

मन्त्रालयले बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ११ : २९ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच