मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण « Khabarhub

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै छन् । धर्मनिरपेक्षताको कडा नीति अपनाएको फ्रान्समा क्याथोलिक चर्चको प्रभाव घटिरहेका बेला उनले प्रत्येक मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ । 

लियोले चार दिनको भ्रमणका क्रममा पेरिस, क्याथोलिक तीर्थस्थल लड्र्स र उत्तरपूर्वी सहर मेत्जको भ्रमण गर्नेछन् । युद्धका समयमा शान्तिको आवश्यकता तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले मानव हुनुको अर्थबारे उठाएका प्रश्नमा पनि उनले ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

शुक्रबार बिहान लियोको चार्टर विमान पेरिसको ओर्ली विमानस्थलमा अवतरण गर्नेछ । उनलाई स्वागत गर्न फ्रान्सभर चर्चका घण्टी बजाइने र १० लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । १८ वर्षपछि पोपबाट हुन लागेको यो पहिलो फ्रान्स भ्रमण हो ।

लियोले विमानस्थलमा स्वागतपछि राष्ट्रपति इमानुएल म्याक्रोनसँग एलिसी प्यालेसमा भेट गर्नेछन् त्यसपछि उनले युनेस्को मुख्यालयमा सम्बोधन गर्ने, हालै पुनः सञ्चालनमा आएको नोट्रे–डाम क्याथेड्रलमा साँझको प्रार्थनामा सहभागी हुने तथा पेरिसको रङ्गशालामा युवाहरूको विशाल धार्मिक सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

– म्याक्रोनका लागि महत्त्वपूर्ण भ्रमण –

म्याक्रोनको कार्यकालको अन्तिम चरणमा पोपको स्वागतलाई फ्रान्सेली राजनीतिक वृत्तमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । पोप फ्रान्सिसले आफ्नो १२ वर्षे कार्यकालमा फ्रान्सको औपचारिक राजकीय भ्रमण गर्नुभएको थिएन् ।

पेरिसस्थित ईपीएचई विश्वविद्यालयका क्याथोलिक अध्ययनका निर्देशक चाल्र्स मर्सियरका अनुसार पोपसँगको भेटले म्याक्रोनलाई उनको लोकप्रियताको केही लाभ लिन सक्ने अवसर दिन सक्छ । 

म्याक्रोनको कार्यालयले भने भेटमा युरोपेली तथा अन्तरराष्ट्रिय मामिलाका साथै जलवायु परिवर्तन र एआईजस्ता विश्वव्यापी चुनौतीबारे छलफल हुने जनाएको छ । जीवनको अन्त्यतिरको हेरचाह र बालबालिकाको सुरक्षाका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

– धर्मनिरपेक्ष फ्रान्समा चर्चको सन्देश –

लियो युरोपको क्रिश्चियन विरासत तथा मानव जीवनको मूल्य र मर्यादाबारे चर्चको सन्देश अघि बढाउन इच्छुक देखिन्छन् । फ्रान्सले सन् २०२४ मा गर्भपतनको अधिकारलाई संविधानमै सुनिश्चित गरेको थियो ।

त्यस्तै, सांसदहरूले निको नहुने रोगबाट पीडित वयस्कलाई चिकित्सकीय सहयोगमा जीवन अन्त्य गर्न अनुमति दिने विधेयकलाई अन्तिम स्वीकृति दिएका छन् ।

क्याथोलिक चर्चले गर्भधारणदेखि प्राकृतिक मृत्युसम्म मानव जीवनको संरक्षण गर्नुपर्ने मान्यता राख्दै यस्ता कानूनी कदमको विरोध गर्दै आएको छ । तर फ्रान्समा बढ्दो धर्मनिरपेक्षता र पादरीबाट भएका यौन दुव्र्यवहारका घटनाका कारण चर्चको प्रभाव र विश्वसनीयता कमजोर भएको छ ।

फ्रान्सको धर्मनिरपेक्षताको मोडल ‘लाइसिते’ ले धार्मिक विश्वास वा अविश्वासको स्वतन्त्रता सुनिश्चित गर्छ र राज्यलाई सबै धर्मप्रति तटस्थ रहन बाध्य पार्छ । यसको मुख्य आधार सन् १९०५ को कानून हो, जसले राज्य र क्याथोलिक चर्चबीचको सम्बन्ध अलग गरेको थियो ।

लियोले गर्भपतन वा जीवनको अन्त्यसम्बन्धी कानूनका विषयमा फ्रान्सेली जनतालाई आलोचना गर्ने अपेक्षा गरिएको छैन । बरु, भ्याटिकन न्युजका सम्पादकीय निर्देशक आन्द्रेआ टोर्निलीका अनुसार उनले ‘आजको समयमा मानव हुनुको अर्थ’ बारे गम्भीर चिन्तन गर्न आह्वान गर्नेछन् ।

– ओलम्पिक शैलीको सुरक्षा व्यवस्था –

पोपको भ्रमणलाई ध्यानमा राख्दै पेरिसमा ओलम्पिकस्तरको सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीका अनुसार घोडसवार प्रहरी, बम निष्क्रिय पार्ने विशेषज्ञ, ड्रोनविरोधी प्रणाली र आतङ्कवादविरोधी सुरक्षा उपाय परिचालन गरिनेछन् ।

शुक्रबार पेरिसमा मात्रै करिब १४ हजार प्रहरी, जेन्डार्म र सैनिक तथा दुई हजार पाँच सय अग्निनियन्त्रक परिचालन गर्ने योजना छ । शनिबार प्लास डे ला कन्कोर्डमा हुने विशेष धार्मिक सभाका क्रममा पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

पेरिस प्रहरीले सन् २०२४ को ओलम्पिक तथा प्याराओलम्पिक खेलकुदमा अपनाइएको जस्तै बहुस्तरीय सुरक्षा घेरा बनाइने जनाएको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : २० बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच