उपनिर्वाचनले नेकपालाई पुनःपुष्टि गर्नेछ – महासचिव पौडेल « Khabarhub

उपनिर्वाचनले नेकपालाई पुनःपुष्टि गर्नेछ – महासचिव पौडेल


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए ।

नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताए । उनले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गरे ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताए । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ५० बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने