चीनमा युवा बेरोजगारी संकटबीच अटोमोटिभ कम्पनीद्वारा कर्मचारी निष्कासन, चुलियो आक्रोश « Khabarhub

चीनमा युवा बेरोजगारी संकटबीच अटोमोटिभ कम्पनीद्वारा कर्मचारी निष्कासन, चुलियो आक्रोश


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको पूर्वी क्षेत्रस्थित प्रतिष्ठित सवारीको कलपुर्जा उत्पादक कम्पनी ‘जिङ्यु अटोमोटिभ लाइटिङ’ ले भर्खरै स्नातक उत्तीर्ण गरी रोजगारीमा प्रवेश गरेका करिब १४० जना नयाँ कर्मचारीलाई अचानक जागिर छाड्न वा कारखानामा कम ज्यालाको काम गर्न दबाब दिएपछि यसले ठूलो विवाद सिर्जना गरेको छ । गर्मीयामको सुरुवातमै आवश्यकताभन्दा बढी जनशक्ति भर्ना गरेको भन्दै कम्पनीले आधा महिनाको तलब लिएर राजीनामा दिन वा कारखानामा कम पारिश्रमिकको शारीरिक श्रम गर्न दिएको अल्टीमेटमपछि १०० भन्दा बढी युवाहरूले जागिर छाड्न बाध्य भएका थिए ।

मजदुर अधिकार कमजोर रहेको चीनमा सामान्यतया यस्ता घटनाहरूलाई खासै महत्त्व दिइँदैनथ्यो । तर, यो घटना सार्वजनिक भएलगत्तै यसले देशैभरि तीव्र जनआक्रोश निम्त्यायो। चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘पिपुल्स डेली’ ले समाजको विश्वासमाथि कुठराघात गरेको भन्दै कम्पनीको चर्को आलोचना गर्यो भने जिङ्युलाई सामान आपूर्ति गर्ने जर्मन अटोमोबाइल कम्पनी फक्सवागनले पनि घटनाको छानबिन सुरु गरेको बताएको छ ।

बढ्दो दबाबसामु झुक्दै उक्त कम्पनीले सार्वजनिक रूपमा माफी माग्नुका साथै मानव संसाधन विभागका प्रमुखलाई बर्खास्त गरी उच्च अधिकारीहरूको तलब समेत कटौती गरेको छ । यो घटनाले चीनमा गहिरिँदै गएको युवा बेरोजगारी र कठिन बजार अवस्थाप्रति जनताको संवेदनशीलतालाई सतहमा ल्याएको छ । हालै रेकर्ड १ करोड २७ लाख युवाहरू विश्वविद्यालयबाट स्नातक गरेर निस्केका छन्, जुन दशकअघिको तुलनामा दोब्बर हो।

तर, घरजग्गा बजारमा आएको मन्दी र उपभोक्ता मागमा आएको गिरावटका कारण रोजगारीका अवसरहरू भने तीव्र रूपमा घटेका छन्। यसैबीच, रोजगारीको अभावमा निराश युवाहरूमा ‘सन्तुष्ट भएर बस्ने’ वा घरमै बस-अभिभावकको आश्रयमा समय बिताउने प्रवृत्ति बढ्दै गएको छ भने बेइजिङ लगायतका सहरहरूमा बेरोजगार युवाहरूका लागि ‘नक्कली कार्यालय’ हरू समेत सञ्चालनमा आउन थालेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : ५५ बजे

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा