उत्तरपूर्वी अफगानिस्तानमा पाकिस्तानी हवाइ आक्रमण : एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

उत्तरपूर्वी अफगानिस्तानमा पाकिस्तानी हवाइ आक्रमण : एकै परिवारका तीन जनाको मृत्यु


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरपूर्वी अफगानिस्तानमा पाकिस्तानले गरेको हवाइ आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। कुनार प्रान्तका प्रवक्ता फरिद देहकानले अल जजिरालाई जानकारी गराएअनुसार सोमबार स्थानीय समयअनुसार बिहान करिब ४ बजे नुरगल जिल्लामा सो हवाइ आक्रमण भएको थियो, जसमा तीनजनाको मृत्यु हुनुका साथै अन्य चारजना घाइते भएका छन् ।

पाकिस्तानको सूचना मन्त्रालयले भने अफगानिस्तानका तीनवटा निशानामा गरिएको हवाइ आक्रमणमा २८ जना “आतङ्ककारी” मारिएको दाबी गरेको छ।

तालिबानका उपप्रवक्ता हमदुल्लाह फितरतले उत्तरपूर्वी अफगानिस्तानको पहाडी प्रान्त कुनारमा आक्रमणका क्रममा कम्तीमा एउटा घरमा क्षति पुगेको र एउटै परिवारका तीनजना सदस्यको मृत्यु हुनुका साथै अन्य चारजना घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार पक्तिका प्रान्तको बारमल जिल्लामा पनि दुई वटा स्थानमा बमबारी गरिएको थियो, जसमा एउटा पसल र मानिस नभएको एउटा घर ध्वस्त भए पनि कुनै मानवीय क्षति भने भएको छैन।

यी आक्रमणहरूले करिब तीन महिनाको शान्तिपछि दुई छिमेकी देशहरूबीच फेरि तिक्तता बढाउने खतरा उत्पन्न गरेको छ। पाकिस्तानमा भइरहेको हिंसाको विषयलाई लिएर दुई देशबीच विवाद चुलिएको छ । इस्लामाबादले काबुलले अफगान भूमिबाट सीमापार आक्रमण गर्ने सशस्त्र समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। यद्यपि, अफगानिस्तानको तालिबान सरकारले भने यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र यो हिंसा पाकिस्तानको आन्तरिक समस्या भएको बताउँदै आएको छ।

उत्तरपश्चिम पाकिस्तानको कोहातस्थित एक प्रहरी चौकीको मस्जिदमा पाकिस्तानी तालिबानको एक गुटले बम आक्रमण गरेको दाबी गरेको केही दिनपछि सोमबार यो हवाइ आक्रमण भएको हो। पाकिस्तानी अधिकारीहरूका अनुसार उक्त विस्फोट र त्यसपछिको गोलीबारीमा अधिकांश प्रहरी अधिकारीसहित कम्तीमा २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ७ : ०३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन