फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की « Khabarhub

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि सरोकारवालाहरूबीच आवश्यक लय र सामञ्जस्यता नहुँदा मुलुकले सोचेअनुसारको आर्थिक विकास, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न नसकेको यथार्थ मुख्यसचिव गोविन्दबहादुर कार्कीले औंल्याएका छन् ।

लगानी र पूर्वाधारसँग सम्बन्धित नीति तथा कानुन परिमार्जनका लागि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

आगामी लगानी सम्मेलन तथा पूर्वाधार सम्मेलनलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी ठोस परिणाम ल्याउने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

यसका लागि लगानी र पूर्वाधारसँग जोडिएका नीति, कानुन, कार्यविधि र मापदण्डहरू परिमार्जन गर्न निजी क्षेत्र, सरकारी निकाय, निर्माण व्यवसायी र कानुनविद्हरू एकै ठाउँ बसेर कानुनको मस्यौदा तयार पार्ने नयाँ अभ्यास सुरु हुनु आफैँमा सराहनीय रहेको उनको भनाइ छ ।

नीति निर्माण र कानुन तर्जुमामा कर्मचारीतन्त्रको मुख्य भूमिका हुने र स्वीकृत भएपछि तिनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पनि राष्ट्रसेवकहरूकै हुने तर, अहिले कानुन र नीतिमा भन्दा पनि तिनको कार्यान्वयनमा सबभन्दा बढी समस्या देखा परेको उनले बताए ।

कर्मचारीतन्त्रमा थोरै पनि दायाँबायाँ गरेर जोखिम लिन नसक्ने प्रवृत्ति हाबी भएको चर्चा गर्दै मुख्यसचिवले भने, ‘राम्रो उद्देश्य र असल नियतले काम गर्दा पनि उजुरबाजुर पर्दा आफ्नो गुड इन्टेन्सन प्रमाणित गर्न नसकेर इमानदार राष्ट्रसेवकहरू समेत कारबाहीको दायरामा आउनुपर्ने स्थिति छ, यसले गर्दा कर्मचारीतन्त्रमा जोखिम लिनै नखोज्ने प्रवृत्ति बढेको छ ।’ 

आगामी दिनमा कानुन संशोधन गर्दा यस्ता व्यावहारिक समस्यालाई सम्बोधन गर्न ध्यान दिनुपर्ने उनले बताए ।

कर्मचारीतन्त्रभित्र हामी नै जान्ने हौँ कि भन्ने मानसिकता कायमै रहेको स्वीकार गर्दै मुख्यसचिवले सेवाग्राही, निजी क्षेत्र र समग्र नेपालको प्रगति र विकासको आँखाले हेर्ने दृष्टिकोणको कमी भएको बताए ।

यस्ता कमजोरीका कारण सरकार, निजी क्षेत्र, निर्माण व्यवसायी र जनताबीच हुनुपर्ने तहको सहकार्य, साझेदारी र समन्वय हुन नसकेको उनले उल्लेख गरे ।

सरकारका तर्फबाट नयाँ कानुन निर्माण र कार्यान्वयनका हरेक चरणमा लगानीमैत्री वातावरण बनाउन तथा ‘डुइङ बिजनेश’ लाई सहज बनाउन देखिएका कमजोरी र अवरोध हटाउन कर्मचारीतन्त्रले सधैँ सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ०३ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र