काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ ।
रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूपमा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र उत्कृष्ट बजार अभ्यासहरूको विस्तार तथा विकासलाई अघि बढाउनेछन् ।
दुबई, याङ्गो ग्रुप, दुबईमा मुख्यालय रहेको एक विश्वव्यापी प्रविधि कम्पनी हो । यसले जोखिम रोकथाम, प्रभावकारी सुरक्षा अभ्यासको विस्तार र विभिन्न यातायात सेवा तथा स्थानीय सडक अवस्थाअनुसार प्रविधिको प्रयोगमा जोड दिँदै मोबिलिटी सेवामा सुरक्षा व्यवस्थालाई एकीकृत गर्दै आएको छ । यसअन्तर्गत अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिका लगायतका क्षेत्रमा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी सेवाहरू समावेश छन् ।
मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी नियुक्त भएका रोमन जेम्ल्यान्स्कीले यससम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्नेछन् । उनले कम्पनीका व्यवसाय, उत्पादन तथा सञ्चालनसम्बन्धी नेतृत्व टोली र सडक सुरक्षा संस्थादेखि स्थानीय निकायसम्मका बाह्य साझेदारहरूसँग मिलेर काम गर्नेछन् ।
उनले मोबिलिटी सेवाका लागि कम्पनीको सुरक्षा रणनीति विकास गर्ने, प्रविधिको प्रयोगका प्राथमिकता निर्धारण गर्ने र विभिन्न बजारमा सुरक्षा मापदण्डलाई थप सुधार तथा प्रभावकारी रूपमा लागू गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
याङ्गो ग्रुपका सीईओ तथा सीबीओ, याङ्गो राइडटेकका एडेनीयी एडेबायोले भने, ‘हामी आफ्नो मोबिलिटी व्यवसायलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। यसका लागि हाम्रा सेवाहरू प्रयोग गर्ने ग्राहक र हामीसँग मिलेर व्यवसाय गर्ने साझेदारहरूको विश्वास जित्नु आवश्यक छ ।’














प्रतिक्रिया