चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने « Khabarhub

नेपाल प्रिमियर लिग

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविन मलानले अविजित ७१ रन बनाए । जवाफमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा थरिन्दुले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । बलिङतर्फ पनि २ विकेट लिएका थरिन्दुले अन्तिम ओभरमा विजयी चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्‍याए ।

सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर विनोद भण्डारीले १३ बलमा २३ रन बनाए पनि जर्ज मन्से ८ रनमा आउट भए । त्यसपछि स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५ रनमा ४ विकेट गुमाएको कठिन अवस्थामा पुगेको थियो ।

त्यसपछि थरिन्दुले कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग महत्त्वपूर्ण साझेदारी गरे । उनले पाँचौँ विकेटका लागि दीपेन्द्रसँग ३१ रन तथा छैटौँ विकेटका लागि आरिफसँग २६ रनको साझेदारी गरे । दीपेन्द्रले १५ र आरिफले १० रन बनाए ।

एकपछि अर्को विकेट गुमिरहेको अवस्थामा थरिन्दुले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।

चितवनका लागि रन्जित कुमारले २ विकेट लिँदा कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चितवनका लागि डाविन मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाएका थिए । उनले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारी गरे । सलाउद्दिनले १६ बलमा १८ तथा कमलसिंह ऐरीले ८ बलमा १० रन जोडे ।

चितवनका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।

यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अवसर सदुपयोग गरेको सुदूरपश्चिमले अब शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : ५८ बजे

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं – श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन