काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
३ विकेट गुमाइसकेको भारतका लागि हाल क्रिजमा तिलक वर्मा र कुमार कुशाग्र रहेका छन् । दुबै जनाले अर्धशतक पूरा गरेका छन् भने उनीहरुको साझेदारी पनि १ सय रन कटेको छ ।
प्रतिश जिसीले बलिङ गरेको ३१ ओभरको २ बलमा तिलक वर्माले एक रन लिँदै अर्धशतक पूरा गरे । ७७ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
त्यसैगरी, सोही ओभरको पाचौँ बलमा कुशाग्रले पनि चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । ६२ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा कुशाग्रले १ रन लिँदै दुई ब्याटरबीचको साझेदारीलाई १ सय रनमा पुर्याए ।














प्रतिक्रिया