गगनको चेतावनी- कांग्रेसबाट चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने कारबाही हुन्छ « Khabarhub

गगनको चेतावनी- कांग्रेसबाट चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने कारबाही हुन्छ


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सदस्यता कायम राखेर अर्को पार्टीमा आबद्ध हुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा लाग्नेहरूलाई पार्टी विधानअनुसार कारबाही गरिने स्पष्ट पारेका हुन् ।

उनले राष्ट्रिय सभा तथा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गर्दै पार्टीको विधान र अनुशासन पालना गर्न आग्रह गरे ।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले भने, ‘कांग्रेसको सदस्य भएर अर्को पार्टीको चुनावमा जानुभयो भने पार्टीको विधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हो ।’

सभापति थापाले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै समानान्तर गतिविधि बन्द गर्न पनि आग्रह गरे । देउवा समूहले छुट्टै महाधिवेशनको तयारी गरिरहेको सन्दर्भमा उनले कांग्रेसको महाधिवेशनका नाममा भइरहेका गतिविधि पार्टीको आधिकारिक अधिवेशन नभएको टिप्पणी गरे ।

उनले पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै सबैलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको पनि बताए । असन्तुष्ट पक्षका नेताहरूलाई समेटेर अघि बढ्न आफू तयार रहेको उल्लेख गर्दै उनले त्यसको पनि निश्चित सीमा हुने स्पष्ट पारे ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : २४ बजे

गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर–  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनः

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका