काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरेका छन् ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे तत्काल निष्कर्ष सुनाउने पक्षमा आफूहरू नरहेको बताए । यद्यपि भ्रमणका क्रममा दीर्घकालीन प्रभाव पार्ने महत्त्वपूर्ण काम भएको आफूले नदेखेको उनको भनाइ थियो ।
‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ उनले भने ।
थापाले भ्रमणका क्रममा भएका छलफल र त्यसबाट प्राप्त उपलब्धिबारे प्रधानमन्त्री शाहले नै जानकारी गराउनुपर्ने बताए ।














प्रतिक्रिया