ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने « Khabarhub

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने नागरिकलाई प्रदेशस्तरमै सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् ।

उनका अनुसार प्रादेशिक ट्रमा सेन्टरमा आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनको व्यवस्था गरिनेछ । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थासमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक सेवालाई प्राथमिकता दिइएको बताइन् । सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको र देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन सङ्घीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा राखिएको उनको भनाइ छ ।

उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि विस्तार गर्नुपर्नेमा जोड दिइन् । दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्याको सम्बोधनका लागि पुनःस्थापना सेवालाई संस्थागत गर्ने सरकारको नीति रहेको उनले बताइन् ।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनसम्बन्धी विषयलाई छिट्टै टुङ्गोमा पुर्‍याइने जानकारी दिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ५२ बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।