लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक « Khabarhub

लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत गुमाएपछि सरकार टिकाउन मध्यमार्गी पार्टी अपर्चुनिटीको समर्थन जुटाउनुपर्ने भएको छ । शुक्रबार सार्वजनिक नतिजाअनुसार उनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ ।

नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए पनि अन्तिम नतिजामा नेसनल पार्टीले दुई सिट गुमाएपछि राजनीतिक समीकरण बदलिएको हो । लक्सनले नयाँ सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण र समय लाग्ने खालको हुन सक्ने बताएका छन् । सहमतिमा पुग्न नसके देशमा पुनः निर्वाचनको सम्भावना पनि छ ।

सरकार गठनमा निर्णायक बनेको क्युला वोङ नेतृत्वको अपर्चुनिटीले सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलसँग सहकार्य गर्ने जनाएको छ । तर जलवायु परिवर्तन, जीवनयापन खर्च र राजनीतिक शुद्धतासम्बन्धी आफ्ना आधारभूत अडानमा सम्झौता नगर्ने वोङले स्पष्ट पारेका छन् । उनले अर्को निर्वाचनको सम्भावनालाई पनि अस्वीकार गरेकी छैनन् ।

३८ वर्षीया वोङले व्यावहारिक र सहकार्यमा आधारित राजनीतिमार्फत बढ्दो राजनीतिक ध्रुवीकरण कम गर्ने प्रतिबद्धता जनाएकी छन् । गत वर्ष अगस्टमा करिब एक प्रतिशत मतबाट पार्टी नेतृत्व सम्हालेकी उनको पार्टी अहिले सरकार गठनमा निर्णायक शक्तिका रूपमा उदाएको छ ।

लक्सन र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्स दुवैले उनीसँग छलफल गरिसकेका छन् । लक्सनले न्युजिल्यान्डवासीलाई स्थिर र पूर्ण कार्यकाल चलाउन सक्ने सरकार आवश्यक रहेको बताएका छन् । सन् २०२३ को निर्वाचनपछि उनलाई न्युजिल्यान्ड फस्र्ट र एसीटी पार्टीसँग गठबन्धन सरकार बनाउन छ हप्ताभन्दा बढी लागेको थियो ।

यसपटक पनि नयाँ सरकारको स्वरूप निर्धारण हुन केही हप्ता वा महिना लाग्न सक्ने देखिएको छ । राष्ट्रिय प्रसारणकर्ता आरएनजेडका अनुसार न्युजिल्यान्ड फस्र्टले शुक्रबार समर्थकलाई पठाएको सन्देशमा निर्वाचनको नतिजाले मुलुकलाई आवश्यक निश्चितता दिन नसकेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ४ : ४३ बजे

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही