काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोल २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँ बढेर ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो ।














प्रतिक्रिया