काठमाडौं– नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा गर्व गर्नुपर्ने बताएका छन् ।
आइतबार आयोजित शहीद लीला दाहाल प्रजातान्त्रिक पुरस्कार वितरण समारोहमा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन् । सभापति थापाले कांग्रेसलाई अलग राखेर आधुनिक नेपालको इतिहासको लेखन कार्य नै हुन नसक्ने दाबी समेत गरे ।
उनले जनताको बीचमा गएर कांग्रेसको गर्विलो इतिहासबारे व्याख्या गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सभापति थापाले काँग्रेस नेपालको सबैभन्दा भरपर्दो पार्टी भएको पनि जिकिर गरे ।
त्यस अवसरमा सभापति थापाले कांग्रेसका शहीद परिवारलाई पार्टीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विशेष राहत दिने योजना बनाएको पनि बताए । कार्यक्रममा एलबी गुरुङलाई शहीद लीला दाहाल प्रजातान्त्रिक पुरस्कार वितरण गरिएको थियो ।














प्रतिक्रिया