कास्की मतगणना अपडेट– विद्याको अग्रता ८ हजार नाघ्यो | Khabarhub Khabarhub

कास्की मतगणना अपडेट– विद्याको अग्रता ८ हजार नाघ्यो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १७ हजार ६ सय ४४ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ८ हजार ४ सय २० को रहेको छ ।

११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा नम्बर ३३ र २१ ,२० १५,१६,१७ मतगणना समाप्त भएको छ ।

उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : १० बजे

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बहुदलीय व्यवस्था स्थापना

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९